आइतबार, वैशाख १४, २०८२

विद्यार्थीलाई खोपको प्राथमिकतामा नराखेकोमा नेविसंघको गुनासो

नेपालखोज २०७७ फागुन ६ गते १५:१६


काठमाडौं । नेपाल विद्यार्थी संघले कोभिड विरुद्धको खोपका लागि विद्यार्थीहरु प्राथमिकतामा पर्नुपर्ने माग राखेको छ । उसले एक विज्ञप्ती जारी गर्दै विद्यार्थीहरुलाई प्राथमिकताका साथ कोरोना विरुद्धको खोप नलागाउनु सरकारको गम्भीर भूल रहेको समेत बताएको छ ।

संघले विद्यालय र क्याम्पसहरु खुलेका कारण विद्यार्थीहरुलाई कोरोनाको जोखिम बढेको भन्दै प्राथमिकतामा राखेर कोरोना विरुद्धको खोप दिनुपर्ने माग गर्दे आज बिहान काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

नेपाल विद्यार्थी संघका महामन्त्री दिपक भट्टराईले सरकारले विद्यार्थीहरुलाई प्राथमिकताका साथ कोरोना विरुद्धको खोप नदिए सडक आन्दोलन गर्न बाध्य हुने समेत बताए । विद्यार्थीहरुलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउन माग गर्दै पहिलो चरणमा शान्तिपूर्ण रुपमा प्रदर्शन गरी सरकारको ध्यानाकर्षण गराएको पनि महामन्त्रीले जानकारी गराए ।

प्रतिक्रिया