शुक्रबार, वैशाख ७, २०८१

भारतमा अपराधीले फाँसीको सजायँ पाउँदा के के प्रक्रिया पुर्यानुपर्छ ?

नेपालखोज २०७७ फागुन ६ गते १६:४४


एजेन्सी । आफ्नै घरका सात सदस्यलाई धारिलो हतियारले हानेर मार्ने एक युवतीलाई फाँसी दिइँदै छ। उनको नाम सवनम हो जसले आफ्नो प्रेमीसँग मिलेर १३ वर्षअघि सो घटना घटाएकी थिइन् ।

घटना घटाएपछि उनले प्रहरीबाट बच्न आफैंले फोन गरी प्रहरीलाई बोलाइकी थिइन् । त्यसपछि उनको रोनाधोना सुरु भएको थियो । पछि प्रहरीले अनुसन्धा गर्दै जाँदा सबनमले नै बेहोस् बनाउने औषधि खुवाएर प्रेमलिाई बोलाई परिवारका सबै सदस्यको हत्या गरेकी थिइन् । आफूले चाहेको प्रेमीसँग विहे गर्न नपाउँदा उनले यसो गरेको स्वीकारेकी थिइन् । मृत्यु हुनेमा दुई वर्षे दुधे बालक समेत रहेको थियो ।

फाँसीको सजायँ हुन निकै समय लाग्ने हुन्छ । कानुनी ढिलासुस्तीको फाइदा उठाउँदै सबनम १३ वर्षसम्म जेलमै रहेकी थिइन् । भारतमा जिल्ला, पुनरावेदन र सुप्रिम कोर्टले फाँसीको सजायँ तोके पनि राष्ट्रपतिले दया याचिकालाई अनुमोदन गरिदिएको खण्डमा फाँसी गर्न सकिँदैन । हालसम्म कुनै पनि व्यक्तिले गरेको यस्तो याचिका राष्ट्रपतिले अनुमोदन नगरे पनि न्यायको सिस्टममा राष्ट्रपतिले गरेको फैसला नै अन्तिम हुने हुन्छ । कुनै अपराधीलाई फाँसीको सजायँ नदिनू भन्ने राष्ट्रपतिले आदेश दिएमा सजायँ हुन सक्तैन ।


यसै कारण सजायबाट बच्न तीनवटै अदालतले फाँसीको सजायँ सुनाए पनि राष्ट्रपति समक्ष हरेक अपराधीले दया याचिका माग्ने गर्दछन् । सबनमले पनि सोही प्रकृयालाई अपनाएको कारण सजायँ हुन १३ वर्ष लागेको हो । राष्ट्रपतिले दया याचिका खारेज गरेपछि अब भने सबनमले फाँसीमा चढ्नै पर्दछ ।

प्रतिक्रिया