नेपाल चेम्वर अफ कमर्सको ७०औं वार्षिक उत्सवको अवसरमा रक्तदान तथा विशेष कार्यक्रम गरिँदै

काठमाडौं । नेपाल महिला चेम्वरले नेपाल चेम्वर अफ कमर्सको ७०औं वार्षिक उत्सवको अवसरमा अन्तर्राष्ट्रिय महिला दिवसका दिन विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । मार्च ८ अर्थात् फागुन २४ गते होटल र्याडिसनमा आयोजना गरिने विशेष कार्यक्रमको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नेछन् ।
उक्त अवसरमा नेपाली महिला उद्यमीहरुले उत्पादन गरेका विभिन्न वस्तुहरुको समेत प्रदर्शनी गरिने भएको छ । नेपाल महिला चेम्वर, नेपाल चेम्वर अफ कमर्स अन्तर्गत महिला उद्यमीहरुको संवद्र्धन र सशक्तिकरणका लागि स्थापना गरिएको संस्था हो । यसले आफ्नो स्थापना कलदेखि नै महिला उद्यमशीलता विकासका लागि विभिन्न प्रवद्र्धनात्मक कार्यहरु गर्दै आइरहेको छ ।
त्यस्तै, नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक उत्सवको अवसरमा नेपाल महिला चेम्बरले रक्तदान तथा स्वास्थ्य शिविर कार्यक्रम गर्ने भएको छ । कार्यक्रम फागुन ७ गते शुक्रबार अर्थात् प्रजातन्त्र दिवसका दिन बिहान ९ बजे पाटनको मंगलबजारमा हुने आयोजक नेपाल महिला चेम्बरले जनाएको छ ।

प्रतिक्रिया