बुधबार, वैशाख १७, २०८२

फेरी घट्यो सुनको मूल्य

नेपालखोज २०७७ फागुन ७ गते ११:२३

काठमाडौं । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन सुनको मूल्यमा फेरी ओरालो लागेको छ । बिहीबार ८९ हजार २ सयमा कारोबार भएको सुनको मूल्य शुक्रबार एक हजार रुपैयाँले घटेर प्रतितोला ८८ हजार २ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुनको मूल्य ८७ हजार ७ सय ५० रुपैयाँ रहेको छ ।

यस्तै बजारमा आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । हिजो एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार प्रतितोला एक हजार तीन सय ५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । नेपाली बजारमा मंगलबारदेखि निरन्तर सुनचाँदीको मूल्यमा गिरावट आइरहेको छ ।

प्रतिक्रिया