स्थायी समिति बैठक सकियो, केन्द्रीय कमिटि बैठक बस्दै
नेपालखोज
२०७७ फागुन ७ गते १२:४९

काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ । शुक्रबार पेरिस डाँडामा बसेको बैठकपछि अहिले केन्द्रीय सदस्यको नागरिकता संकलन सुरू भएको छ ।
पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा गर्न बोलाइएको स्थायी समिति बैठकपछि केन्द्रीय कमिटि बैठक बस्दैछ ।
यस्तै आजै संसदीय दलको पनि बैठक बस्न लागेको छ ।
गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारूढ पार्टी नेकपा विभाजित भएको थियो । विभाजित प्रचण्ड–नेपाल समूह अहिले सडक आन्दोलनमा छ। आजको बैठकमा आन्दोलनको समीक्षासमेत हुने भएको छ ।
सम्बन्धित

प्रतिक्रिया