बिहीबार, चैत १५, २०८०

नेप्से २६ सय ३६ बिन्दुमा पुग्दा कारोबार रकम ४४ अर्ब १४ करोड

नेपालखोज २०७७ फागुन ७ गते १३:४५

काठमाडौं । नेप्से सुचकले यो साता नयाँ रेर्कड कायम गरेको छ । कारोवार रकम गत साताको तुलनामा घटेको भएपनि नेप्सेले भने यो साता नयाँ उचाई चुमेको छ ।

नेप्सेको नियमित कारोवार कक्ष यो साता पाँच कार्य दिन नै खुल्ला रहेकोमा पहिलो दिन नेप्से घटेपनि बाँकी दिनहरुमा भने नेप्से उच्च अंकले बढेको थियो । सोही आधारमा नेप्सेले यो साता २६ सय ३६ दशमलव ६८ बिन्दुको शिखर चुम्दा सेन्सिटिभ इन्डेक्स पनि चार सय ८१ दशमलव ७८ अंकको शिखर चुमेको छ ।

नेप्सेमा यो साता दुई सय आठ वटा कम्पनीहरुको सेयर कारोवार भएको छ । जसबाट तीन लाख ६९ हजार नौ सय ५३ पटकको कारोवारमा नौ करोड २३ लाख ६६ हजार तीन सय ५३ कित्ता सेयर किनबेच भएको छ । कुल सेयर कारोवार रकम ४४ अर्ब १४ करोड ४९ लाख ७१ हजार एक सय ८४ रुपैयाँ पुगेको छ । गत साता भने नेप्सेमा दुुई सय छ वटा कम्पनीहरुको तीन लाख ८५ हजार छ सय १३ पटकको कारोवारमा सात करोड तीन लाख ११ हजार २२ कित्ता सेयर खरिद बिक्री भएका थिए । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुुल कारोवार रकम ४५ अर्ब २६ करोड ८५ लाख २७ हजार सात सय ६७ रुपैयाँ पुगेको थियो ।

यो साता नेप्से पहिलो दिन घटेपनि बाँकी दिनहरुमा भने उच्च अंकले बढेको थियो । सोही आधारमा पहिलो दिन २४ सय ९३ दशमलव ५९ अंकमा झरेको नेप्से अन्तिम कारोवार दिनसम्म पुग्दा २६ सय ३६ दशमलव ६८ अंकमा चढेको थियो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन चार सय ५४ दसमलव १२ अंकमा झरेकोमा अन्तिम दिनसम्म पुग्दा चार सय ८१ दसमलव ७८ अंकमा चढेको थियो ।

बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा यो साता नेपाल पुर्नबीमा कम्पनी कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नबिल बैंक आदि परेकाछन् । पुंजीकरणको आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक आदि परेका छन् ।

यो साता मुक्तिनाथ बिकास बैंक, लक्ष्मी लघुबित्त बित्तीय संस्था, एनएलजी इन्स्योरेन्स कम्पनी, अरुण भ्याली हाईड्रो पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली, कामना सेवा बिकास बैक आदिको बोनस तथा हकप्रद सेयर नियमित कारोवारका लागि सुचीकृत भएका छन् ।

प्रतिक्रिया