बिहीबार, वैशाख १३, २०८१

नेप्से दोहोरो अंकले वृद्धि, ७ अर्ब ४७ करोडको कारोबार

नेपालखोज २०७७ चैत २४ गते १६:११

काठमाडौं । मंगलबार नेप्से दोहोरो अंकले बढेको छ । अघिल्लो दिन एक दशमलव १३ अंकले बढेको नेप्से आज १५ दशमलव ७२ अंकले बढेर २६ सय ७४ दशमलव ४६ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ३४ अंकले बढेर चार सय ७६ दशमलव १८ अंकमा पुगेको छ ।

आज दुई सय १३ वटा कम्पनीको ८१ हजार सात सय ५३ पटकको कारोवारमा एक करोड ६१ लाख आठ हजार चार सय ९९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसबाट कुल कारोवार रकम सात अर्ब ४७ करोड ७७ लाख ९५ हजार सात सय ३८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा ६ समुहको सुचक घटेर सात वटा समुहको सुचक बढेकाछन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ५९ अंकले घटेर १८ सय १३ दशमलव ८३ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि एक सय ९१ दशमलव ४२ अंकले घटेर १७ हजार दुई सय ३० दशमलव ६३ अंकमा झरेको छ । यि बाहेक निर्जिवन बीमा, ट्रेडिङ, फाईनान्स र अन्य समुहको सुचक पनि घटेका छन् ।

बिकास बैंक समुहको सुचक भने २९ दशमलव ९७ अंकले बढेर दुई हजार छ सय ९४ दशसलव ३९ अंकमा चढेको छ । यस्तै, होटल तथा पर्यटन समुहको सुचक पनि दुई सय पाँच दशमलव ७९ अंकले बढेर तीन हजार आठ सय ६६ दशमलव तीन अंकमा उक्लिएको छ । यसैगरी जलविद्युत, लघुबित्त, उत्पादनमुलक, सामुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि बढेका छन् ।

आज युनाईटेड इदीमर्दी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर तीन सय ३० रुपैयाँमा कारोवार हुंदा साल्ट ट्रेडिङ कर्पोरेशनको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले घटेर ११ हजार सात सय ९२ रुपैयाँमा कारोवार भएको छ । आज पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सबै भन्दा बढी रकम कारोवार भएको छ । उक्त बैकको प्रतिकित्ता छ सय पाँच रुपैयाँ अन्तिम मुल्यमा ३९ करोड ८० लाख ५७ हजार दुई सय ३६ रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया