आइतबार, जेठ ५, २०८२

अबैधरुपमा भित्रिएका धेरै किसिमका सामानहरु कञ्चनपुरबाट समातिए

नेपालखोज २०७७ फागुन ८ गते ११:१०

कञ्चनपुर । कञ्चनपुरमा नेपाल प्रहरीले अवैध रुपमा भित्रीएका विभिन्न समान बरामद गरेको छ।

शुक्रबार भीमदत्त नगपालिका ४ बाट भन्सार छली पैठारी गरी ल्याएका २१ हजार मूल्य बराबरको २५ कट्ठा भेली गुड, बेलौरी नगरपालिका २ रिजालचोक स्थित भन्सार छली पैठारी गरी ल्याएका २८ हजार बराबरका एक क्वीन्टल बोईलर कुखुरा, वडा नम्बर ६ रिछा स्थित भन्सार छली ल्याएइका ३२ हजार बराबरका माछा सहित २ वटा मोटरसाइकल ८ कलकत्ताबाट ८ हजार बराबरका माछा बरमद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

बरामद गरिएका पशुपंक्षी समान स्थानिय समाजसेबी पशु क्वारेन्टाईनको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका मोंटरसाइकलको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया