खोटाङमा बन्दै गरेको स्वास्थ्य चौकी भवनको मापदण्ड पुरा नभएपछि
नेपालखोज
२०७७ फागुन ८ गते ११:४३

काठमाडौं । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर ४ बतासेस्थित स्वास्थ्य चौकी भवन निर्माणको काम गुणस्तरहीन भएपछि त्यसलाई सच्याउन ठेकेदारलाई दबाब ।
खोटाङमा स्वास्थ्य चौकीको निर्माण हुन लागेको भवनको पीपीसी ढलान गुणस्तरहीन भएपछि स्थानीय र गाउँपालिकाले ठेकेदारलाई भत्काएर नयाँ बनाउन दबाब दिएका हुन् ।
कमसल खाले गिटी र बालुवा र सिमेन्ट प्रयोग गरी छड पनि गतिलो खाले प्रयोग नगरेको स्थानीयको आरेप छ । गाउँपालिका अध्यक्ष भूपेन्द्र राईका अनुसार सोलिङमाथि गरिएको पीसीसी ढलानलाई क्युरिङ पानीले भिजाउने काम छैन । तसर्थ निर्माण व्यवसायीलाई भत्काएर पुनर्निर्माण सुरु गर्न निर्देशन दिनुको विकल्प नभएको उनको दाबी छ ।
सम्बन्धित
प्रतिक्रिया