शनिबार, वैशाख ८, २०८१

मंगलमा रहेको रोभरले मंगलका तस्बिरहरु खिची पठायो, हेर्नुहोस् तस्बिरहरु

नेपालखोज २०७७ फागुन ८ गते १४:३३


एजेन्सी । नासाको पेर्सवेरेन्स रोभर फागुनको ६ गते मंगल ग्रहमा अवतरण गरेको कुरा सर्वविदितै छ । पेर्सवेरेन्स रोभरले मंगलग्रहका तस्वीरहरू खिचेर पठाएपछि विश्को ध्यान नासातिर मोडिएको छ ।

मंगलबाट आएको तस्बिरहमरु नासाले पत्रकार सम्मेलन गरी सबैसमक्ष साझा गरेको छ । मंगल ग्रहबाट पठाएका तस्विरहरू पेर्सवेरेन्स रोभरको आधिकारिक ट्वीटर ह्याण्डलबाट ट्वीट पनि गरिएका छन् । अमेरिकी अन्तरिक्षसम्बन्धी वैज्ञानिकहरु आफ्नो यो सफलताले चकित छन् ।

मंगलमा हाल फोटो खिचिरहेको पेर्सवेरेन्स रोभरमा २५ वटा क्यामरा र दुई वटा माइक्रोफोन जडित छन्। मंगबाट आएको ती तस्बिरहरुले वैज्ञानिकहरु विभिन्न अनुमानहरु गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया