शुक्रबार, चैत १६, २०८०

गोल्छा ग्रुपद्वारा स्वास्थ्यकर्मीको सेवाका लागि १ करोड सहयोग

नेपालखोज २०७८ वैशाख २७ गते १९:५६

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा ग्रुपले स्वास्थ्यकर्मीको सेवा सहजताका लागि भन्दै एक करोड रूपैयाँ सहयोग गरेको छ । गोल्छा ग्रुपका तर्फबाट पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पताललाई सोमबार अत्यावश्यक उपकरण खरिद र स्वास्थ्यकर्मीको सेवा सहजताकालागि एक करोड रूपैयाँबराबरको सहयोग हस्तान्तरण गरेको हो ।

गोल्छाले आज सामाजिक सन्जाल ट्‌विटरमा लेखेका छन्, ‘आज गोल्छा ग्रुपको तर्फबाट पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताललाई अत्यावश्यक उपकरण खरिद र स्वास्थ्यकर्मीको सेवा सहजताकालागि रू १ करोडको सहयोग हस्तान्तरण गरेका छौं । आशा छ, हामी सबैले आ-आफ्नो स्थानबाट सहकार्य र हातेमालो गरेर यो महामारीबाट छिट्टै पार पाउन सफल हुनेछौं ।’

प्रतिक्रिया