जुरे पहिरोपीडितद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । पुनर्वासको व्यवस्था माग गर्दै सिन्धुपाल्चोकका पहिरो पीडितहरुले शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
सिन्धुपाल्चोकको जुरे बलेफी गाउँपालिकाबाट आएका पहिरो पीडितहरूले आफूहरुका नाममा संकलित २ करोड २४ लाख रुपैयाँ तुरुन्त वितरण गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरूले प्रदर्शनका क्रममा ‘सरकार, हामीलाई हाम्रा नाममा देश विदेशबाट आफन्तले दिएको रकम नदिने ?’, ‘हामीले सरकारी पैसा मागेका होइनौं, ६ वर्ष पहिले हामीलाई जनताले दिएको चन्दा मागेका हौं’ नारा लगाउननुका साथै ब्यान प्रदर्शन गरेका थिए ।
२०७१ सालमा सुनकोसी नै थुनिने गरी गएको जुरे पहिरोमा १ सय ४५ जनाको मृत्यु भएको थियो भने थुप्रै घाइते भएका थिए ।

६ वर्षअघि जुरे पहिरो पीडितका नाममा संकलित रकम अन्यत्र कतै खर्च नभए पनि पीडितका नाममा कहाँबाट कति पैसा संकलन भयो भन्ने जानकारी पनि पीडित परिवारलाई सरकारले जानकारी गराएको छैन ।

प्रतिक्रिया