सरकारसँग वार्तामा बस्न विप्लव समूह सकारात्मक
नेपालखोज
२०७७ फागुन ८ गते १७:३२

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाले सरकारसँग वार्ता र संवादका लागि सकारात्मक रहेको जनाएको छ ।
महासचिव विप्लवले आज विज्ञप्ति निकालेर सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका हुन् ।
विज्ञप्तिमा भनिएको छ–‘आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौ ।’
यसबीचमा सरकार र विप्लव नेकपाबीच अनौपचारिक संवाद चलिरहेको थियो ।

सम्बन्धित
प्रतिक्रिया