विदेशी दबाबमा स्वार्थ र शक्तिको फोहरी राजनीति भयो : अध्यक्ष थापा

नेपालखोज २०७७ फागुन ८ गते १८:५४

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ताजा जनादेशमा जानु उपयुक्त हुने बताएका छन् । पार्टीले झापाको गौरीगञ्जमा गरेको सभामा अध्यक्ष थापाले अहिलेको भ्रष्टाचार, बेरोजगारी, मनपरितन्त्र, धर्मपरिवर्तन र सर्वसत्तावादको चक्रको अन्त्यको लागि ताजा जनादेश उपयुक्त हुने बताए।

उनले संसद विघटनले संवैधानिक जटिलता निम्त्याएको समेत बताए । १४ वर्षको राजनीतिक अभ्यास असफल भएको भन्दै विदेशी दबाब, प्रभाव र हस्तक्षेप बढेर जानुमा स्वार्थ र शक्तिको फोहरी राजनीतिले काम गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया