पाल्पामा बालुवा खानीमा पुरिएर दुई जनाको मृत्यु

नेपालखोज २०७७ फागुन ८ गते १९:१२

पाल्पा । पाल्पामा बालुवा खानीमा पुरिएर दुई जनाको ज्यान गएको छ । शनिबार दिउँसो भएको दुर्घटनामा पूर्वखोला गाउँपालिका–४ बालीपोखराका १३ वर्षीया पवित्रा सारु र ३६ वर्षीया मायादेवी सिंहको ज्यान गएको हो ।

स्थानीय छेबकुन भन्ने स्थानमा रहेको बालुवा खानीमा बालुवा खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए।

पवित्राको घटनास्थलमा र मायाको उपचारका लागि स्थानीय मेडिकल लाने क्रममा बाटोमा ज्यान गएको हो ।

प्रतिक्रिया