शनिबार, वैशाख १५, २०८१

नेपालमा मोबाइल किन्न ७ महिनामै २४ अर्ब खर्च

नेपालखोज २०७७ फागुन ८ गते २०:१५

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो सात महिनाको अवधिमा मात्रै नेपालमा २४ अर्ब ६ करोड ८१ लाख ७० हजार रुपैयाँ बराबरका मोबाइल भित्रिएका छन् ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ महिनासम्मको आयातको तथ्याङ्कले यति धेरै मात्रामा नेपालमा मोबाइल आयात भएको देखाएको हो ।भन्सार विभागका अनुसार यस अवधिमा कुल ४३ लाख ६८ हजार ८७२ थान मोबाइल आयात भएका छन् । जस वापत सरकारले मात्रै ३ अर्ब ८० करोड ८९ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

भन्सार विभागका अनुसार माघ महिनामा मात्रै ७ लाख ४ हजार २२४ थान मोबाइल नेपाल भित्रिएका छन् । जसका लागि ३ अर्ब ४३ करोड ७८ लाख ४८ हजार रुपैयाँ खर्च भएको छ ।

यस अवधिमा ६१ हजार ३९७ थान स्मार्ट वाच भित्रिएका छन् । जसका लागि १२ करोड ४१ लाख ७९ हजार रुपैयाँ नेपालबाट बाहिरिएको छ ।

प्रतिक्रिया