राजनीतिमा ओलीको नयाँ अस्त्र विप्लव आउन सक्छन् सरकारमा

नेपालखोज २०७७ फागुन ९ गते ११:३४


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारमा नेत्रविक्रम चन्द विप्लव समूहलाई समेत सहभागी गराउने गरी छलफल अघि बढाएपछि सरकारको विरोधमा उत्रिएको नेकपा र कांग्रेसको मनमा चीसो पसेको छ ।

ओलीले आफ्ना विरोधीहरुलाई तह लगाउन यस किसिमको अनौठो अस्त्रको प्रयोग गरेपछि राजनैतिक समीकरण अर्कोतर्फ मोडिएको छ ।

विराटनगरको सभाबाट ओलीले यो घोषणा गरेसँगै राजनैतिक समीकरण परिवर्तन गरेर नयाँ ध्रुवीकरण सुरु गरेको राजनैतिक विश्लेषकहरुके बिचार छ । विप्लवलाई सरकारमा सहभागी गराउनाले निर्वाचनलाई पछाडि धकेलिन सक्ने समेत धेरैले आँकलन गरेका छन् । प्रमले सर्वोच्च अदालतबाट संसद विघटनको पक्षमा फैसला हुने नभए आफूहरु आन्दोलनमा जाने संकेतसमेत गरेका छन् । ओलीले पूर्व एमालेहरु एक ठाउँमा हुने भन्दै अर्को समूहमा रहेकाहरुलाई आफूतिर आकर्षित गर्ने र भूमिगत रुपमा रहेको विप्लव समूहलाई वार्तामा ल्याएर सरकारमा समेत सहभागी गराउने गरी विरोधीका निम्ती नयाँ अस्त्रको प्रयोग गरेका छन् ।

प्रतिक्रिया