नागरिक र संवैधानिक निकायलाई धम्की दिनु प्रमको भुल होः शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले संवैधानिक निकाय र नागरिकलाई नागरिक र संवैधानिक निकायलाई धम्की दिनु प्रमको भुल हो भनी बताएका छन् ।
डा कोइरालाले मोरङको सुन्दरहरैचामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै यस्तो चेतावनी दिएका हुन् ।
प्रम ओलीले शुक्रबार निर्वाचन आयोगलाई सूर्य चिह्न आफूहरुलाई दिनुपर्ने र सर्वोच्च अदालतले संसद विघटनको विपक्षमा फैसला गरे आन्दोलनमा जाने चेतावनी दिएका कारण शेखरले यस्तो बताएका हुन् ।
कोइरालाले सूर्य चिह्न र संसद् विघटन दुबै मुद्दामा ओलीले संवैधानिक निकाय र जनतालाई चुनौती दिने काम गर्नु प्रमको ठूलो भुल रहेको औंल्याएका छन् ।
कोइरालाले दुई तिहाइ मतले निर्वाचित प्रधानमन्त्रीले यसरी संवैधानिक निकायलाई प्रभावित पार्नु न्यायको धज्जी उडाउनु हो भनी बताएका छन् । आफू कमजोर ठहरिएपछि थर्काउने, धम्क्याउने तर्फ जो कोही तानाशाह लाग्ने गरेको नेता कोइरालाको आरोप छ । यसले न्यायको भावनामाथि कुठाराघात हुने उनको तर्क छ ।
प्रतिक्रिया