बिहीबार, चैत १५, २०८०

मकवानपुरमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा दुई राउण्ड हवाई फायर

नेपालखोज २०७७ फागुन ९ गते १३:१५

मकवानपुर । मकवानपुरमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ ।बरामद १८ क्विन्टल गाँजा जलाएर फर्किएको प्रहरी टोलीमाथि स्थानीय बासिन्दाले आक्रमण गरेका हुन् ।

स्थानीय बासिन्दाले आक्रमण गरेपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नु परेको प्रहरी अधिकारीले बताएका छन् ।

इलाका प्रहरी कार्यालय नेवारपानीको टोलीमाथि राक्सिराङ गाउँपालिका–१ कुपिनटारमा आक्रमण भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गर्नुका साथै राक्सिराङ–१ का ४३ वर्षीय कान्छालाल रुम्बालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले राक्सिराङ गाउँपालिका–१ गाल्छाराङमा लुकाइएको १८ क्विन्टल गाँजा प्रहरीले शनिबार बरामद गरेको थियो ।

सो गाँजा नष्ट गरेर फर्किँदै गर्दा शनिबार बेलुका स्थानीय बासिन्दाले प्रहरीमाथि आक्रमण गरेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता वसन्त कुँवरले जानकारी दिए ।

प्रतिक्रिया