बेन्जेमा बुधबारको खेलमा बेन्चमै रहन सक्छन्ः जिदान
नेपालखोज
२०७७ फागुन ९ गते १४:३१

काठमाडौं । स्ट्राइकर करिम बेन्जेमा घाइते भएका कारण स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिने जिदानले हाल उनलाई स्वस्थ रहनलाई समय दिइने बताएका छन् । शनिबार राति पनि भायाडोलिडविरुद्ध बेन्जेमाबिना मड्रिडले खेल खेलेको थियो । बुधबार हुने च्याम्पियन्स लिग खेलमा पनि बेन्जेमा विना नै रियलले खेल खेल्ने संभावना छैेन ।
बेन्जेमालाई अर्को खेलमा गुमाए पनि रियलसँग अरु पनि राम्रा खेलाडि रहेको कारण रियललाई कुनै डर नभएको पनि जिदानको जिकीर छ । बेन्जेमा यदि स्वस्थ भए भने उनलाई जिदानले अवश्य नै खेलाउने छन् । करिम बेन्जेमा रियलका एक महत्वपूर्ण खेलाडि हुन् ।
सम्बन्धित
प्रतिक्रिया