शुक्रबार, वैशाख ७, २०८१

नक्कली परेलाले आँखाको ज्योति गुम्यो

नेपालखोज २०७७ फागुन ९ गते १५:२७

काठमाडौं । अधिकांश महिलालाई सजिएर बस्न मन पर्छ । सुन्दर देखिनको लागि महिलाहरु आफ्नो घरमै पनि तयार हुन्छन् र ब्यूटी पार्लरमा गएर पनि तयार हुन्छन् । तर कहिले काँकी भने सुन्दरताको चक्करमा उनीहरुले सबै गुमाउँछन् । यस्तै एउटा घटना ब्राजिलमा पनि भएको छ ।

जिलको पोर्टो वेलहोमा एक महिला नक्कली परेला हाल्नको लागि ब्यूटी पार्लरमा गइन् । एक रिपोर्टका अनुसार ४१ वर्षकी महिलाको नक्कली परेला हाल्ने क्रममा उनको आँखामा परेला चिप्लिएर खस्यो र उनको एउटा आँखाले काम नै गर्न छोड्यो ।

नेपालमा पनि पातलो र छोटो परेला हुने युवतिहरु आईलेसेस (नक्कली परेला) लगाएर सुन्दर देख्न चाहन्छन् । सामाजिक सञ्जालमा केहीले त आफूलाई यो परेला प्रयोग गर्न नआएको भन्दै पनि भिडियो बनाईरहेका हुन्छन् ।

केहीले परेला टाँस्न प्रयोग हुने गम आँखामा परेको कुरा महिलाहरुको गोप्य ग्रुपहरुमा सेयर भइरहेको हुन्छ । यसर्थ यो घटनाबाट पाठ लिई आईलेसेस (नक्कली परेला) प्रयोग गर्दा सावधानी अपनाउने की ?

प्रतिक्रिया