मंगलबार, मंसिर १८, २०८१

राष्ट्र बैंक भोलि दुई अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिक्री गर्दै

नेपालखोज २०७७ फागुन ९ गते १६:०९

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि (सोमबार) दुई अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिती फागुुन ११ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने उक्त ट्रेजरी ९१ दिने अवधिको रहेको छ ।

ट्रेजरीको परिपक्व हुने अवधि भने २०७८ जेठ ११ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार यो ट्रेजरी पुरानो नविकरण अन्तरगतको हो । यसअघि यही फागुन तीन गते पनि राष्ट्र बैंकले दुई अर्ब रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो ।

प्रतिक्रिया