सोमबार, वैशाख १५, २०८२

मुख्यमन्त्री राईविरुद्ध अविश्वासकाे प्रस्ताव पेस

नेपालखोज २०७७ फागुन ९ गते १६:३०

विराटनगर । प्रदेश १ सभाको आजको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश भएको छ ।

मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव प्रचण्ड–माधव पक्षका सांसद ईन्द्र आङ्बोले सदनमा पेस गरेका हुन् ।अविश्वास प्रस्ताव पेस गर्न प्रदेश सभामुख प्रदीपकुमार भण्डारीको अनुमतिपछि आङ्वोले प्रस्ताव पेश गरेका हुन् ।

आङ्वोले अविश्वास प्रस्ताव पेश गरेलगत्तै सभामुख भण्डारीले आगामी फागुन २० गतेसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरेका छन् ।

प्रतिक्रिया