पशुपतिमा शिवरात्रिको आन्तरिक तयारी

काठमाडौं । महाशिवरात्रि नजिकिएसँगै पशुपतिनाथमा चाँदीको जलहरी मर्मत गर्दै क्षमापूजा सुरु भएको छ । शिवरात्रिसम्म चाँदीको जलहरी मर्मत गरी सुनको जलहरी राख्ने उद्देश्यसाथ क्षमापूजा भइरहेको हो । साथै शिवरात्रिको आन्तरिक तयारी थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोषका सदस्य–सचिव प्रदीप ढकालले पशुपतिमा चाँदीको जलहरी मर्मत गर्न क्षमापूजा र शिवरात्रिको तयारीमा कोष जुटेको जानकारी दिए । ‘‘चाँदीको जलहरी मर्मत गर्दा क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई बोलाइएको छ । क्षमापूजामा ९६ नेपाली ब्राह्मण गरी एक सय एक्काइस ब्राह्मणले क्षमापूजा गरिरहेका छन्, ‘उनले भने, ‘‘चाँदीको जलहरी जीर्ण भएकै कारण यसलाई मर्मत गरी त्यसैमा सुनको जलहरी शिवरात्रिसम्म पगाल्नेगरी तयारी भइरहेको छ । चाँदीको जलहरीका लागि गरिने क्षमापूजा बुधबारसम्म हुनेछ ।”
उनका अनुसार विगतका वर्षमा भारतका विभिन्न स्थानबाट साधुसन्त आइसक्थे तर यसपालि आएका छैनन् । ‘‘मन्दिरमा आउने भक्तजनलाई भने सहज रुपमा दर्शन गराउने गरी कोषले तयारी थालेको छ । कोषले यसपालि कति साधुसन्त आउँछन् भनि आकलन पनि गरिरहेको छ ।”
प्रतिक्रिया