शुक्रबार, वैशाख १४, २०८१

जापानी छोरी नाओमी ओसाकाबाट सिक्नुपर्ने पाठ

नेपालखोज २०७७ फागुन १० गते १२:१५


काठमाडौं । जापानी महिला टेनिस खेलाडी नाओमी ओसाकाले अष्ट्रेलियन ओपनको बिजेता भई आफ्नो देशको नाम चर्चाको शीखरमा पुर्याइन् ।

फाइनलमा अमेरिकाकी जेनिफर ब्राडीलाई हराउँदै नाओमीले उपाधि जितेकी थिइन् । सो फाइनलको खेल १ घण्टा ३० मिनेटसम्म चलेको थियो ।

उक्त खेलमा उनले ६–४ र ६–३ को सोझो जीत दर्ता गरेपछि बिजेता भएकी हुन् । बाल्यकालदेखि नै खेल जीवनमा लागेकी ओसाकाको जीवन संघर्षपूर्ण थियो ।

बाल्यकालमा निकै अभावका सिलसिला व्यहोरिएकी नाओमीले पाएको यो सफलता हरेक महिलाको लागि पाठ हुनसक्छ । पश्चिमका महिलाहरुसँगको यो प्रतिस्पर्धा नाओमीको लागि कम चुनौतीपूर्ण थिएन । जितपछि उनको मुहारमा खुशीको सीमा थिएन । संघर्षले जहिले पनि नयाँ जीत दिलाउँछ भन्ने पाठ नाओमीबाट सिक्नुपर्छ ।

प्रतिक्रिया