प्रचण्ड–नेपाल समूहले ६८ जिल्लाको नेतृत्व टुंगो लगायो (नामावलीसहित)

नेपालखोज २०७७ फागुन १० गते १४:११

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले ६८ जिल्लाको नेतृत्व टुंग्याएको छ ।

प्रचण्ड–नेपाल समूहले तल्लो तहसम्म नै नेतृत्व तोक्ने कामलाई तीव्रता दिएसँगै ३५ जिल्ला पूर्व माओवादी र ३३ पूर्व एमालेको भागमा पर्नेगरी नेतृत्व टुंग्याएको हो । साङ्गठानिक स्वरूप ट्ंग्याउने क्रममा अध्यक्ष र सचिवको टुंगो लगाएको हो भने इञ्चार्ज र सह–इञ्चार्ज पनि टुंग्याउन बाँकी रहेको छ ।

आइतबार पार्टी विभाजनपछि अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच संगठनात्मक संरचनालाई पूर्णता दिन बराबरी भागबण्डा गर्ने सहमति बनेको थियो ।

फागुन ७ गते केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार ९ बुँदे सहमति बनेको छ । सहमति पत्रमा प्रदेश र जिल्लाका इञ्चार्ज र सह–इञ्चार्ज एवं पार्टी कमिटीहरू तथा जन संगठनका पदाधिकारीहरूमा रिक्त स्थानमा आधा-आधा हुनेगरी मिलाउने सहमति बनेको छ ।

पार्टी कमिटीहरू तथा जनवर्गीय संगठनका तहमा पनि ५०–५० प्रतिशत हुनेगरी मिलाउने भएको छ ।

रिक्त स्थान पूर्ति गर्दा यो समूहले साविक घटकको कमिटी र जनसंगठनमा वरियताक्रमलाई प्राथमिकता दिने भएको छ ।

प्रतिक्रिया