बिहीबार, चैत १५, २०८०

नेप्सेमा ३२ अंकले गिरावट, जलबिद्युत र अन्य बाहेक सबै सुचक रातै

नेपालखोज २०७७ फागुन १० गते १५:५०

काठमाडौं । नेप्सेमा उच्च अंकले गिरावट आएको छ । अघिल्लो दिन तीन दसमलव ६६ अंकले बढेको नेप्से साताको दोस्रो कारोवार दिन सोमबार भने ३२ दसमलव ६७ अंकले घटेर २६ सय सात दसमलव ६७ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि नौ दसमलव २२ अंकले घटेर चार सय ७० दसमलव ३६ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय सात वटा कम्पनीहरुको ७८ हजार आठ सय ५८ पटकको कारोवारमा दुई करोड १६ लाख १४ हजार चार सय ५२ कित्ता सेयर खरिद बिक्री भएका छन् भने कुल कारोवार रकम आठ अर्ब ४० करोड ६३ लाख १० हजार ६ सय ७१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा जलबिद्युत समुहको सुचक ४५ दसमलव ८५ अंकले बढेको छ भने अन्य समुहको सुचक २७ दसमलव ८६ अंकले बढेको छ । यी बाहेकका बाँकी समुहको सुचक भने उच्च अंकले घटेका छन् । ती मध्ये बाणिज्य बैंक समुहको सुचक ५२ दसमलव ५५ अंकले घटेर १८ सय ७६ दसमलव ९८ अंकमा झरेकोमो बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक, लघुबित्त र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि घटेका छन् ।

आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर ६ सय ६० रुपैयाँमा कारोवार हुँदा सिभिल बैकको प्रतिकित्ता सेयर मुल्य भने ६ दसमलव ४६ प्रतिसतले घटेर दुई सय ४६ रुपैयाँमा कारोवार भएको छ । यसैगरी एनआईसी एशिया बैंकको भने प्रतिकित्ता नौ सय १९ रुपैयाँ अन्तिम मुल्यमा ३७ करोड ४८ लाख ५३ हजार आठ सय ९८ रुपैयाँमा कारोवार भएको छ ।

प्रतिक्रिया