जावलाखेलमा बसले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

ललितपुर । ललितपुरको जावलाखेल चोकमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
सोमबार दिउँसो भैंसीपाटी जाँदै गरेको बा २ ख ३४७४ नम्बरको बसले प्र ३–०२–०१० प ५५८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
बसको ठक्करबाट घाइते भएकी महिलाको अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले जानकारी दिए ।
जावलाखेलमा ट्राफिक प्रहरी चेकिङ भइरहेको र चेकिङको क्रममा स्कुटर भाग्न खोज्दा पछाढिबाट बसले ठक्क दिएको परिसरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले जानकारी दिइन् ।
‘लाइसेन्सहरू नभएको हुँदा भाग्न खोजेको जस्तो लाग्यो । उनको पर्सलगायत केही पनि सामान भेटिएको छैन । डकुमेन्टहरू नहुँदा भाग्न खोज्दा पछाडिबाट गाडीले हान्दियो,’ उनले भनिन् ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ भने थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया