सर्वोच्चमा प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता
नेपालखोज
२०७७ फागुन १० गते १६:१०
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो सर्वोच्च अदालतमा जबरा र थापाबीच भेटघाट भएको हो ।
प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच सर्वाेच्च अदालत पछाडि सेनाको क्याभलरी रहेको जग्गा सर्वाेच्चका नाममा नामसारी गर्ने विषयमा छलफल भएको हो ।
अवहेलना मुद्दाको जवाफ दिन गएका बेला प्रधानमन्त्री केपी ओलीले सर्वाेच्च अदालत परिसरको निरीक्षणसमेत गरेका थिए । अदालतको परिसर साँघुरो भएको भन्दै सर्वोच्चले सेनाको क्याभलरीको जग्गा प्रक्रियागत रुपमा नै आफ्नो नाममा नामसारी गर्नका लागि पहल गरिरहेको थियो ।
तर, सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनको मुद्दामा बहस सकिएर ‘हेर्दाहेर्दै’मा रहेको बेला भएको प्रधानन्यायाधीश र प्रधानसेनापतिबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया