आइतबार, जेठ ५, २०८२

सवारी दुर्घटनामा परी एक जनाको देहावसान

नेपालखोज २०७७ फागुन १० गते १८:०७


काठमाडौं । काठमाडौं महानगरपालिका ३२ स्थित पेप्सीकोला रुक्मणी मार्वल अगाडि बा.३ ख ९६६१ नम्बरको बसले सोमबार बिहान ठक्कर दिँदा पैदलयात्री सोही ठाउँ बस्ने खोटाङ दिक्तेल मझुवागढी नगरपालिका १ घर भएका ७४ वर्षीय कृष्ण बहादुर श्रेष्ठको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मदरल्याण्ड अस्पताल पेप्सीकोलामा उपचारको क्रममा मृत्यु भएको हो । बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


पर्वतको जलजला गाउँपालिका ८ खनियाघाटस्थित सडकमा ध.१ प ८९५८ नम्बरको मोटरसाइकल सोमबार बिहान अनियन्त्रीत भई सडकबाट करिब २२ मिटर खोंचमा खसेर दुर्घटना हुँदा बाग्लुङ, बाग्लुङ नगरपालिका(२ आवा रोड बस्ने ३७ वर्षीय बाबुराम केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धौलागिरी अञ्चल अस्पताल बाग्लुङमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया