मंगलबार, जेठ ८, २०८१

दुर्घटनामा परेर छट्पटाई रहेका नागरिकको प्रदेश प्रमुख झाद्वारा उद्धार

नेपालखोज २०७७ फागुन ११ गते १२:१५

बारा । बाराको निजगढ़मा दुर्घटनामा परेर छट्पटाई रहेका नागरिकलाई प्रदेश प्रमुख राजेश झाले उद्धार गरेका छन् ।

जनकपुरधामबाट बाराको जितपुर गईरहेका प्रदेश २ का प्रमुख झाले दुर्घटनामा परेर छट्पटाई रहेका ४ जना व्यक्तिलाई उद्धार गरि अस्पताल पठाएका हुन् ।

प्रदेश प्रमुख झाका अनुसार जितपुरमा सैनिकको कार्यक्रममा सहभागी हुन त्यस तर्फ जाँदै गर्दा निजगढको जंगलमा दुर्घटना पछि घाइते भएकाहरु सडक छेउमा छट्पटाई रहेका थिए । त्यसमध्ये एक जना बच्चा पनि थिए । उनीहरुलाई तुरुन्त उद्धार गरी उपचारका लागि चन्द्रनिगाहापुरस्थित अस्पतालमा पठाएको उनले बताए ।

उनले आफ्ना लागि नागरिकको सुरक्षा सबैभन्दा महत्वपूर्ण भएको समेत बताए । प्रदेश प्रमुख झाले घाईतेको साथमा आफ्ना एक जना सुरक्षाकर्मीसमेत पठाएका छन् ।

यसअघि सहरी विकास मन्त्री प्रभु साहको गाडीले एक स्थानीयलाई ठक्कर दिएर घाइतेलाई अलपत्र पारी भागेका थिए ।

प्रतिक्रिया