संखुवासभाको श्रेष्ठ पेट्रोल पम्पमा आगजनी, क्षतीको विवरण आउन बाँकी
नेपालखोज
२०७७ फागुन ११ गते १४:०९

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका ७, जिरो पोइन्ट नजिकै रहेको श्रेष्ठ पेट्रोल पम्पमा आगजनी भएको छ ।
सशस्त्र प्रहरी अरुण गुल्म, चैनपुरका डीएसपी विशाल सिलवालले जानकारी दि अनुसार
मंगलबार दिउँसो १२ बजे ट्यांकरबाट पेट्रोल ट्यांकीमा तेल खन्याउने क्रममा आगो लागेको हो ।
उक्त पेट्रोल पम्पमा लागेको आगो सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयको प्रयासमा नियन्त्रणमा लिइएको छ ।
सो घटनाबाट भएको क्षतीको बाँकी विवरण अझै प्राप्त भइसकेको छैन ।
सम्बन्धित
प्रतिक्रिया