बुधबार, वैशाख २६, २०८१

हामी रक्तपातबिहीन युद्धमा छौँ : अध्यक्ष प्रचण्ड

नेपालखोज २०७७ फागुन ११ गते १४:५५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रक्तपातबिहीन युद्धमा रहेको बताएका छन् ।

मंगलबार ‘जनयुद्धका हस्ताक्षर’ नामक पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले सो कुरा बताएका हुन् ।

अहिले नयाँ प्रकारको तर रक्तपातबिहीन शान्तिपूर्ण युद्धमा रहेको बताउँदै उनले भने, ‘माओले युद्ध र राजनीतिलाई राम्रोसँग परिभाषित गर्नुभएको छ । रक्तपातपूर्ण राजनीतिक युद्ध र रक्तपातबिहीन युद्ध राजनीति हो । हामी अहिले रक्तपातञबिहीन युद्ध अर्थात नयाँ प्रकारको शान्तिपूर्ण युद्धमा छौँ ।’

केपी शर्मा ओली सरकारले प्रतिनिधिसभा विघटन गरेर वर्षौँको आन्दोलनबाट प्राप्त उपलब्धी अपहरण गर्ने प्रयासमा लागेकाले त्यस विरुद्ध देशव्यापी शान्तिपूर्ण आन्दोलन रुपी युद्धमा रहेको प्रचण्डले बताएका हुन् ।

उपलब्धी अपहरण गर्ने अपहरणकारीहरुले राज्यको शक्ति प्रयोग गरेर दमन गर्न खोजेका कारण आफूहरु त्यसविरुद्ध गत पुस ५ गतेदेखि देशव्यापी युद्धमा रहेको प्रचण्डले बताए ।

प्रतिक्रिया