शनिबार, मंसिर २९, २०८१

नेप्सेमा भिषण पहिरो : २१ अंकले घट्दा आठ अर्ब ५६ करोडको सेयर कारोवार

नेपालखोज २०७७ फागुन ११ गते १५:३७

काठमाडौं । नेप्सेमा भिषण पहिरो गएको छ । अघिल्लो दिन ३२ दशमलव ६७ अंकले घटेको नेप्से साताको तेस्रो कारोवार दिन आज (मंगलबार) पनि २१ दशमलव १६ अंकले घटेर २५ सय ८६ दशमलव ५१ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४१ अंकले घटेर चार सय ६७ दशमलव ९४ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय पाँच वटा कम्पनीहरुको ८३ हजार तीन सय ५७ पटकको कारोवारमा एक करोड ७७ लाख १४ हजार नौ सय १२ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम आठ अर्ब ५६ करोड १५ लाख ३९ हजार चार सय २६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा ट्रेडिङ समुहको सूचक २६ दशमलव ७३ अंकले बढेर बाँकी समुहको सूचक उच्च अंकले घटेकाछन । ति मध्ये वाणिज्य बैंक समुहको सूचक सात दशमलव ७२ अंकले घटेर १८ सय ६९ दशमलव २७ अंकमा झर्दा निर्जिवन बीमा समुहको सूचक पनि ५२ दशमलव चार अंकले घटेर १२ हजार नौ सय ४४ दशमलव ८१ अंकमा झरेको छ । विकास बैंक, जलबिद्युत, लघुबित्त, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य सामुहिक लगानी कोष समुहरुको सूचक पनि घटेकाछन ।

आज नेपाल फाईनान्सको प्रतिकित्ता सेयर मुल्य नौ दशमलव ९३ प्रतिसतले बढेर तीन सय २१ रुपैयाँमा कारोवार हुंदा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रतिकित्ता सेयर मूल्य भने १० प्रतिशतले घटेर पाँच सय ९४ रुपैयाँमा कारोवार भएको छ । आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको एकैदिन प्रतिकित्ता पाँच सय ९४ रुपैयाँ अन्तिम मूल्यमा ७३ करोड ९४ लाख ५२ हजार पाँच सय १८ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया