‘सर्वोच्चले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गर्यो’

नेपालखोज २०७७ फागुन ११ गते १९:११

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रको रक्षा गरेको बताएका छन् । उपचारका लागि भारतको दिल्लीमा रहेका पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले अदालतको फैसला सुन्दा रोग हराए जस्तो भएको बताएका छन् ।

आज एक ट्वीट गर्दै उनले भनेका छन्, ‘कस्तो सुखद् संयोग ! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदै गर्दा मन चाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो’ । ‘हिन्दु मिथकको भष्मासुरलाई विष्णुले मोहिनी रुप धारण गरेर वध गरे झै सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झै भयो ।’

प्रतिक्रिया