‘संविधानविरुद्ध षड्यन्त्र गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्चले संविधानको रक्षा गर्यो’
नेपालखोज
२०७७ फागुन ११ गते २०:१९

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेकोप्रति खुसी व्यक्त गरेका छन् । मङ्गलवार सर्वोच्चको फैसलापछि ट्वीट गर्दै नेता थापाले भने, ‘संविधानविरुद्ध षड्यन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ । ’
साथै उनले अदालतको यस निर्णयले न्यायालयप्रतिको भरोसा थप बढेको बताएका छन् । अदालतले विना भय र दबाव, विवेकसम्मत रूपमा संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउँदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको उनको भनाइ छ ।
सम्बन्धित
प्रतिक्रिया