शुक्रबार, जेठ ४, २०८१

पञ्जाबमा आगलागी हुँदा १० जनाको मृत्यु

नेपालखोज २०८० असार २७ गते २०:०८

पाकिस्तान । पाकिस्तानको पञ्जाव राज्यमा एउटा तीन तले घरमा बुधबार आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार बिहानै पञ्जाबको राजधानी शहर लाहोरमा आगलागी हुँदा परिवारका सबै सदस्य घरभित्र फसेका स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गरी जानकारी गराएका छन् ।

प्रहरीका अनुसार पीडित सबैजना घरको पछाडिको कोठामा थुनिएका र आगलागीबाट घर पूर्णतया ध्वस्त हुँदासमेत उम्किने मौका नपाएका हुन् ।

मृत्यु हुनेमा सात महिला र दुई बालबालिका रहेका प्रहरी रिपोर्टहरूमा उल्लेख छ । प्रहरीले आगलागीको कारणबारे अनुसन्धान शुरू गरेको छ । rss

प्रतीकात्मक तस्बिर

प्रतिक्रिया