सर्वोच्चको फैसलालाई माने पनि सम्मान गर्न सकिँदैन : ईश्वर पोखरेल

नेपालखोज २०७७ फागुन १२ गते ११:०८

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद् पुनर्स्थापना गर्ने सर्वोच्च अदालतलको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थिर र जटिल बनाउने दाबी गरेका छन् ।

ताजा जनादेशमार्फत देशको समस्या समाधान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयासलाई कानुनी आवरणमा निस्तेज पारिएको पोखरेलले आरोप लगाएका छन् ।

नेकपा ओली समूहका सचिवालय सदस्य पोखरेलले सामाजिक सञ्जाल ट्विटरमा सर्वोच्च अदालतको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थिर र जटिल बनाउने तर्क गर्दै निर्णयलाई माने पनि सम्मान गर्न नसकिने उल्लेख गरेका छन् ।

प्रतिक्रिया