सोमबार, मंसिर १७, २०८१

प्रथम किसुन जी स्मृति हाफ म्याराथन चैतमा

नेपालखोज २०७७ फागुन १२ गते १५:१५

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा सन्त नेता कृष्ण प्रसाद भट्टराई (किसुनजी) को स्मृतिमा प्रथम किसुन जी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन आयोजना हुने भएको छ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले आज पत्रकार सम्मेलन गर्दै हाफ म्याराथन चैत २२ गते शनिबार आयोजना हुने जनाएको छ । प्रतियोगितामा ५० देखि ८० धावकहरुको सहभागिता रहने आयोजकले जनाएको छ । हाफ म्याराथनको विजेता महिला र पुरुष खेलाडीले समान २५÷२५ हजार पाउने छन् ।

यस्तै दोस्रोले १५÷१५ हजार, तेस्रोले १०/१० हजार पाउँदा चौंथो र पाँचौं हुनेले समान ५÷५ हजार पाउने छन् । काठमाडौं क्षेत्र नम्बर ४ को गोल्फुटारको बास्केटबल कोर्टबाट सुरु हुने हाफ म्याराथन पुनः गोल्फुटारमा आएर सकिने छ ।

प्रतियोगिताको आयोजना गर्न करिब ९ लाख खर्च हुने अध्यक्ष दिपक गुरुङले जानकारी दिए। अध्यक्ष गुरुङले संघको योजना स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय गरि तीन तहमा प्रतियोगिता आयोजना गर्ने रहेको बताए ।

प्रतिक्रिया