शुक्रबार, वैशाख ७, २०८१

नेप्सेमा वृद्धि, १२ दशमलव ५६ अंकले बढ्दा छ अर्ब ७० करोडको कारोवार

नेपालखोज २०७७ फागुन १२ गते १६:०३

काठमाडौं । नेप्से पुन बढेको छ । अघिल्लो दिन २१ दशमलव १६ अंकले घटेको नेप्से साताको चौथो कारोवार दिन आज (बुधबार) १२ दशमलव ५६ अंकले बढेर २५ सय ९९ शसमलव सात अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव चार अंकले बढेर चार सय ७० दशमलव ३४ अंकमा पुगेको छ ।

दुई सय चार वटा कम्पनहिरुको ६९ हजार नौ सय ९४ पटकको कारोवारमा एक करोड ६७ लाख २६ हजार चार सय ७२ कित्ता सेयर खरिद बिक्री हुंदा आज कुल कारोवार रकम छ अर्ब ७० करोड १८ लाख ७२ हजार चार सय ३९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा जलबिद्युत र अन्य समुहको सूचक क्रमश २२ दशमलव ९३ र १० दशमलव ८९ अंकले घटेकाछन भने बाँकी समुहको सूचक बढेकाछन । तिमध्ये वाणिज्य बैंक समुहको सूचक १५ दशमलव छ अंकले बढेर १८ सय ८४ दशमलव ३२ अंकमा चढेकोमा निर्जिवन बीमा समुहको सूचक पनि एक सय ८४ दशमलव ३४ अंकले बढेर १३ हजार एक सय २८ दशमलव ४६ अंकमा चढेको छ ।

विकास बैक, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक, लघुबित्त र सामुहिक लगानी कोष समुहको सूचकहरु पनि बढेकाछन ।आज आईएमई जनरल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर ११ सय रुपैयाँमा कारोवार हुंदा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रतिकित्ता सेयर मुल्य पाँच दशमलव ३९ प्रतिशतले घटेर पाँच सय ६२ रुपैयाँमा कारोवार भएको छ ।

आज नेपाल बैंकको प्रतिकित्ता चार सय ७७ रुपैयाँ अन्तिम मूल्यमा ५८ करोड २५ लाख ७५ हजार आठ सय २९ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया