पेरिसडाँडामा प्रचण्ड–नेपालको स्थायी कमिटी बैठक सुरु

नेपालखोज २०७७ फागुन १२ गते १६:३५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको छ ।

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सर्वोच्च अदालतले बदर गरी संसद पुनर्स्थापना गर्ने फैसला गरेपछि आगामी रणनीति बनाउन प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बसेको हो ।

सांसदहरुसँगको बैठकअघि उक्त समूहले स्थायी कमिटी बैठक बोलाएको हो ।

यता नेकपा ओली समूहको पनि बुधबार स्थायी कमिटी बैठक बसेको थियो । उक्त समूहले संसद् पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाको कार्यान्वयन गर्ने र अदालतले तोकेकै समयमा संसद बैठक आह्वान गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया