शुक्रबार, वैशाख १४, २०८१

फेरि उही कुर्सीको खेल सुरु हुने हो कि भन्ने चिन्ता छ : भट्टराई

नेपालखोज २०७७ फागुन १३ गते ८:०५

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद् पुनर्स्थापनासँगै फेरि उही कुर्सीको खेल सुरु हुने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् ।

आज बिहान सामाजिक सञ्जालमार्फत उनले सर्वाेच्च अदालतको फैसलापछि राजनीति पुनः दल र नेताको हातमा पुगेको उल्लेख गर्दै फेरि सत्ताकै उही पुरानो खेल सुरु हुन सक्ने खतरा औंल्याए ।

देशको आवश्यकता र जनताको चाहना दल÷नेताले विगतका गल्तीबाट पाठ सिकेर नयाँ राष्ट्रिय सहमति गरुन् भन्ने रहेको भन्दै डा. भट्टराईलाई यसमा सबैलाई सचेत रहन आग्रह गरे । उनले संसद् पुर्नस्थापनासँगै घर ज्वाईंलाई खानको धन्दा भनेझैं उही पुरानै कुर्सीको खेल शुरू हुने खतरा भएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया