आइतबार, वैशाख ७, २०८२

प्रधानमन्त्री केपी शर्मा ओली पुगे निर्वाचन आयोग

नेपालखोज २०७७ माघ २७ गते १२:०५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन् । निर्वाचनको तयारी र नेकपा विवादका विषयमा छलफल गर्न माघ १६ गते आयोगले दुवै पक्षलाई बोलाएको थियो ।

नेकपाको अर्का प्रचण्ड-नेपाल पक्ष आयोग पुगेर आधिकारिकता दाबी गरेका छन् तर प्रधानमन्त्री ओली भने आयोग गएका थिएनन् ।

संसद विघटनपछि नेकपाका दुवै समूह (ओली र प्रचण्ड-नेपाल) ले आफूलाई आधिकारिकता दाबी गरिरहेका छन् ।

आज निर्वाचन आयोग पुगेर प्रधानमन्त्री ओलीले आफ्नो समूहलाई आधिकारिक भएको दाबी गर्ने बुझिएको छ ।

प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री इश्वर पोखरेल पनि आयोगमा आइपुगेका छन् । आयोगमा यसअघि अर्थमन्त्री विष्णु पौडेल र नेता सुवाष नेम्वाङ आइपुगिसकेका थिए ।

प्रतिक्रिया