बिहीबार, वैशाख १३, २०८१

शुक्रबार र शनिबार पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना

नेपालखोज २०७७ फागुन १३ गते ८:३१

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान गरेको छ ।

हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । अहिले तराईका केही स्थानहरुमा हुस्सु लागिरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक –दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाले जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा शुक्रबार र शनिबार पनि पहाडी भेगमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

प्रतिक्रिया