गुणस्तरहीन औषधि उत्पादन गर्ने सात कम्पनीको औषधी बिक्री वितरणमा रोक

नेपालखोज २०७७ फागुन १३ गते १०:२२

काठमाडौं । औषधि व्यवस्था विभागले न्यून गुणस्तर भएका आठ ब्राण्डका औषधिलाई बिक्री वितरणमा रोक लगाएको छ । सात औषधि उत्पादक कम्पनीले उत्पादन गरेका कमसल औषधि बजारमा बिक्री वितरण भइरहेको र ति औषधिलाई विक्री वितरणमा रोक लगाइएको औषधि व्यवस्था विभागले जनाएको छ ।

राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्दा तोकेको मापदण्ड विपरीतका न्युन गुणस्तर पाइएको विभागले जनाएको । विभागले बजारबाट तुरुन्त फिर्ता गर्न उद्योगहरूलाई पत्राचार गरेको छ ।
विभागले सूचना जारी गर्दै यस्ता औषधि सिफारिस, बिक्री वितरण तथा प्रयोग समेत नगर्न र नगराउनु हुन सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

कमसल औषधि उत्पादन गर्नेमा बाराको प्राइम फर्मासिटिकल्स प्राली, वीरगन्जको भाष्कर हर्बसिटिकल्स, भक्तपुरको सिटीएल फर्मासिटिकल्स, बाराको म्याग्नस फर्मा, मोरङको एमटेक मेड प्राली, रुपन्देहीको बायोगेन रिमेडिज प्राली र बाराको आर्या फर्मा ल्याब रहेका छन् ।

प्रतिक्रिया