बिहीबार, वैशाख २०, २०८१

महासिद्ध स्यानचुरी फर युनिभर्सल पिसको वेभसाइट शनिबारदेखि

नेपालखोज २०७७ फागुन १३ गते १२:२८

कपिलवस्तु । लुम्बिनीमा बनाउन लागिएको महासिद्ध स्यानचुरी फर युनिभर्सल पिस केन्द्रको वेभसाइट उद्घाटन हुने भएको छ । संस्थाले अघि सारेकाे मुठ्ठी दान कार्यक्रम अन्तर्गत इसेवाबाट १ रूपैयाँ दान दिन प्रवुद्ध उद्याेगपति तथा व्यापारीहरूले हाैसला प्रदान गर्ने संस्थाका संथापक श्याल्पा तेन्जिन रिम्पाेचेले बताए ।

श्याल्पा तेन्जिन रिम्पोचे र अधिवक्ता राजेश काफ्ले

यही शनिबार २७ फेब्रुवरी २०२१ मा संस्थाको वेभसाइटको उद्घाटन हुने संस्थाका कार्यकारी निर्देशक शंकर घिमिरेले जनाएका छन् ।

मुठ्ठीदानमा सहभागी हुनका लागि ईसेवाबाट १ रुपैयाँ दान गरेर कार्यक्रममा सहभागी हुन पनि घिमिरेले अनुरोध गरेका छन् । उनले भने, ‘हामी तपाईहरुलाई यस ऐतिहासिक घटनाको साक्षी हुन अनुरोध गर्दछौं, यसले विश्वशान्तिका लागि जनचेतना जगाउन मद्दत गर्नेछ ।’

लुम्बिनीमा बनाउन लागिएको महासिद्ध सेन्चुरी फर युनिभर्सल पिस केन्द्रका लागि मुठीदान अभियानअन्तर्गत एक रुपैयाँ दान कार्यक्रम गत मंसिरमा सुरु गरिएको थियो । सार्क महासचिव इसाला रुवान विराकुनले १ रुपैयाँ दान गरेको शुभारम्भ गरेका थिए ।

केन्द्रमा २ हजार जना अट्ने सभाकक्ष, शान्तिवार्ता र ध्यान कक्ष, पुस्तकालय र संग्रहालय हुनेछन् । त्यस्तै विहार र गुम्बा रहने अत्याधुनिक केन्द्र बन्नेछ । जर्मन आर्किटेक्टले डिजाइन गरेको कमलको फूल आकारमा बनाउन लागिएको वर्ल्ड पिस केन्द्र ३ वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया