शुक्रबार, वैशाख १४, २०८१

‘प्रचण्ड र नेपाल प्रधानमन्त्री बन्नु गोरु ब्याएर बिगौती खानु जस्तै हो’

नेपालखोज २०७७ फागुन १३ गते १२:५५

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल प्रधानमन्त्री बन्न नसक्ने बताएका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा कटाक्ष गर्दै उनले प्रचण्ड–नेपालको नेतृत्वको प्रधानमन्त्रीत्वमा नयाँ सरकार बन्ने सम्भावना असम्भव र शून्य बराबर रहेको टिप्पणी गरेका हुन् ।

‘पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्व प्रधानमन्त्रीत्वमा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर, अर्थात असम्भव नै छ,’उनले लेखेका छन्–‘यो गोरु ब्याएर बिगौती खान खोजजस्तै मात्र हो । कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाऔं ।’

प्रतिक्रिया