काठमाडौंमा सेफ सन्तोषको भव्य स्वागत
नेपालखोज
२०७७ फागुन १३ गते १४:१२

काठमाडौं । यूके मास्टरसेफ प्रोफेसनलका फाइनलिस्ट सन्तोष साहलाई नेपालमा भव्यस्वगत गरेका छन् ।
बिहीबार काठमाडौं आइगुगेका साहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नका लागि नेपाल पर्यटन बोर्ड, द ग्लोबल एकाडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन र भ्वाइस अफ सेफका सदस्यहरुले स्वागत गरेका थिए ।

यूके मास्टरसेफ प्रतियोगितामा नेपाली खाना प्रस्तुत गरेर साह चर्चित बनेका साह प्यासिफिक एसिया ट्राभल एशोसिएशनको कार्यक्रममा मुख्य वक्ताका रुपमा सहभागी हुन आएका हुन् ।

उनलाई सो कार्यक्रममा पाटा पर्सनालिटी अफ द इयरले पनि सम्मानित गरिनेछ । साह दुई महिना नेपालमा बस्नेछन् ।

सम्बन्धित
प्रतिक्रिया