शुक्रबार, वैशाख ७, २०८१

अब गुगल र फेसबुकले समाचारका लागि अस्ट्रेलियाका प्रकाशकहरुलाई शुल्क तिर्नुपर्ने

नेपालखोज २०७७ फागुन १३ गते १४:१८

काठमाडाैं । अष्ट्रेलियामा समाचार सामग्री सम्बन्धि नयाँ कानून पारित भएकाे छ । नयाँ कानून अनुसार अब गुगल र फेसबुकले समाचारका लागि अस्ट्रेलियाका प्रकाशकहरुलाई शुल्क तिर्नुपर्ने छ ।

याे कानून विश्वमै पहिलाे पटक अष्ट्रेलियामा पारित भएकाे हाे ।

अस्ट्रेलियाली सञ्चार माध्यमको दबाबमा सरकारले फेसबुक र गूगलमा अस्ट्रेलियाली सञ्चार माध्यमका सामग्री प्रकाशन गरे त्यसबापत भुक्तानी गर्नुपर्ने कानुन ल्याएपछि विवाद उत्पन्न भएको थियो । विवादपछि गएको हप्ता फेसबुकले अस्ट्रेलियाका सम्पूर्ण समाचार सामग्रीमा प्रतिबन्ध लगाएको थियो ।

तर साे निर्णयकाे विराेध भएपछि फेसबुक सरकारसँग वार्ताका लागि तयार भएकाे थियाे । वार्ताका क्रममा प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएसँगै संशोधनसहित कानून अस्ट्रेलियाको तल्लो सदनबाट बिहीबार पारित गरिएकाे हो ।

प्रतिक्रिया