शुक्रबार, चैत १६, २०८०

कालीपुरुष नामक फिल्ममा वर्षाको मूख्य भूमिका

नेपालखोज २०७७ फागुन १३ गते १६:०२


काठमाडौं । नायिका वर्षा शिवाकोटी कालीपुरुष नामक एक नयाँ फिल्ममा मूख्य भूमिकामा देखिने भएकी छिन् ।
सो फिल्मको निर्देशन राघव आचार्यले गर्नेछन् । निर्माण युनिटले जनाए अनुसार कालीपुरुष अहिलेलाई राखिएको फिल्मको टाइटल भए पनि फिल्मको नाम पछि परिवर्तन पनि हुन सक्नेछ ।

मानकृष्ण महर्जनको छायाँंकन रहने कालिपुरुषमा नवनायक रमेश बाँनियाको पनि मुख्य भूमिका रहनेछ । फिल्मको अन्य टिम समेत छनौटको क्रममा रहेको निर्माण युनिटले जनाएको छ ।

प्रतिक्रिया